बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदानको शिलान्यास
सांकेतिक तस्बिर
गुलरिया । बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको शिलान्यास भएको छ।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गरे ।
बर्दिया जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको पहलमा बढैयाताल २ विद्यालयको खेल मैदानमा पहिलो चरणमा रु ४६ लाखमा प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण हुन लागेको समाजसेवी शास्त्रीले बताए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलप्रति स्थानीय युवामा देखिएको रुचि र देशले अन्तरराष्ट्रय तहमा नेपाली क्रिकेट खेलले पाएको सफलतालाई ध्यानमा क्रिकेट मैदान निमार्ण गर्न लागिएको जानकारी दिए ।
खेल मैदान निमार्णका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनानुसार रु १८ करोड आवश्यक पर्ने भए पनि क्रमागत रुपमा बजेटको व्यवस्था गर्दै निर्माणको काम अघि बढाइने जनाइएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment