खेलाडीहरु तथा प्रदेश २ क्रिकेट संघबीच अन्तरकृया सम्पन्न

डिसी नेपाल
२६ जेठ २०७७ १६:४७
16
Shares

राजबिराज । प्रदेश नं. २ क्रिकेट संघले आईतवार प्रदेश नं. २ का खेलाडि तथा संघका पदाधिकारीहरु संग अनलाईन अन्तरकृया गरेको छ । प्रदेशका अध्यक्ष हिरा भगतको अध्यक्षता एवम नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहको बिशेष उपस्थितीमा बैठक सम्पन्न भएको थियो । बैठकमा प्रदेशका नियमित सिनियर खेलाडीहरुले आ–आफनो राय तथा सुझाव पदाधिकारीहरु बिच राखेका थिए ।
खेलाडिहरुले मैदानमा खेल्ने क्रममा दुर्घटना वा चोटपटक लागेमा त्यसको प्रत्याभुति नभएकोले खेलाडीहरुको स्वास्थ्य बिमा हुदा अझ प्रभावकारी हुने बताएका थिए ।

प्रत्येक जिल्लामा प्रशिक्षकको वहालि हुनु पर्ने, उमेर अनुसार प्रदेशका जिल्ला बिच खेल हुनुपर्ने, प्रदेशको प्रशिक्षण शिविरमा टर्फ पिचलाई प्राथमिकता दिनु पर्ने, प्रशिक्षण शिविरको म्याद बढाउनु पर्ने, प्रदेशका खेलाडिहरुलाई जिविकोपार्जनका लागि सम्भौताको व्यवस्था गर्नु पर्ने, खेलाडीहरुले बिना जानकारी अन्य क्लब तथा जिल्लाबाट नखेल्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका सुझावहरु खेलाडीहरुले राखेका थिए ।
खेलाडीहरुको आर्थिक अवस्थालाई ध्यानमा राखि बिपन्न तथा गरिव खेलाडीहरुलाई लकडाउनले प्रभाव पारेकोले प्रदेश नं. २ का कप्तान महवुव आलमलाई सो को बारे तथ्यांक संकलन गरि प्रदेशलाई जानकारी गराउन समेत प्रदेशले निर्देशन दिएको थियो ।

प्रदेश संघले खेलाडीहरुले राखेको सुझावलाई सकारात्मक रुपमा लिदै अगामी दिनमा प्राप्त सुभावलाई प्राथमिकताका साथ अगाडि बढने जानकारी गराएको थियो । प्रदेश नं. २ का खेलाडी मृगौला पिडित कुन्दन सिंहलाई रु. १ लाख प्रदेश २ संघका पदाधिकारीबाट संकलन गरेर दिने तथा निजलाई बढि भन्दा बढि आर्थिक सहयोग प्रदान गर्न अभियान संचालन गर्ने समेत प्रदेशले निर्णय गरेको छ ।

खेलाडीहरुको हितलाई ध्यानमा राखी खेलाडीहरुको आवश्यकताका आधारमा बिषम परिस्थितीमा कृयाकलाप गर्न प्रदेश नं. २ का नियमित खेलाडिहरुसंग २५ जेष्ठ सोमवार अन्तकृया कार्यक्रम समेत गर्ने संघले निर्णय गरेको छ ।

संघले प्रदेश भित्र अनलाईन अम्पाएर तथा स्कोरिंङ तालिम संगै खेलाडिहरुको फिटनेश तालिम समेत संचालन गर्ने निर्णय गरेको छ । तर यसको आधिकारिक मिति जेष्ठ ३२ गते पछि नेपाल सरकारले तोकेको मोडालिटीलाई ध्यानमा राखि गरिने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *