होमियोपेथिक उपचार पद्धति उपयोगी

डिसी नेपाल
२७ जेठ २०७७ ७:१४

काठमाडौँ। कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् ।

नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ । कोरोना भाइरसले आक्रमण गरेपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उनको दाबी छ ।

डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा आठ–दस खालका औषधि प्रयोगमा आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उनले बताएका छन् ।

होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्तिमा फरक फरक लक्षण हुने हुँदा यो पद्धतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्बम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकृति अनुसार पाँच/छ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियारले बताएका छन् ।

चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले बिरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव भएको बताएका छन् । ’ अहिले सर्वत्र वितरण भइरहेको औषधि रोग प्रतिरोधी क्षमता बढाउने औषधि भएको बताउँदै उनले आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको बताएका छन्। गोरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *