प्रत्येक खेलमा कोरोनाबाट मृत्यु भएकाहरू लाई श्रद्धाञ्जली
काठमाडौं । कोरोनाभाइरसका कारण रोकिएको स्पेनी फुटबल लिग ला लिगा करिब डेढ महिना पछि जून ११ मा पुनः सुरु हुने भएको छ। लिगको प्रत्येक खेल अघि एक मिनेट मौनधारण राखेर कोरोनाको कारण आफ्नो ज्यान गुमाएका हरुलाई श्रद्धांजलि दिइने रोयल स्पेनिश फुटबल महासंघ र ला लिगाले जनाएको छ ।
महामारीका कारण ला लिगाका सबै खेलहरू खाली स्टेडियममा खेलिने छन्, तर दर्शकहरूको कमी महशुस नहुने भएको छ। किनभने आयोजकहरूले खेल प्रत्यक्ष देखाउन विशेष तयारी गरेका छन्। दर्शकहरूलाई घरैमा बसिरहेको भर्चुअल स्टेडियम देखाइनेछ र प्रशंसकहरूको आवाज पनि सुन्न सकिनेछ। यसका लागि फ्यानहरूको पहिल्यै रेकर्ड गरिएको आवाज प्रयोग हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment