मधेशी आयोगले एन्फा अध्यक्षलाई गरायो सचेत
काठमाडौं । राष्ट्रियताको विषयमा बोल्दा मधेशी जनताको भावनमा ठेस पुर्याएको भन्दै मधेशी आयोगमा उजुरी परेपछि आयोगमा आफै पुगि लिखित स्पष्टिकरण दिएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई मधेशी आयोगले सचेत गराएको छ । केही दिन अघि एन्फा अध्यक्ष शेर्पाले दिएको अन्तरवार्ताका विषयमा आयोगमा उजुरी परेको थियो । साथै संसदमा पनि यस विषयमा कुरा उठेपछि आयोगले अध्यक्ष शेर्पासँग जवाफ माग गरेको थियो । स्पष्टिकरण चित्त बुझ्दो भएकाले आगामी दिनमा यस्तो गल्ति नदोहोर्याउन आयोगले सचेत गराएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment