पारस खड्काको व्यङ्ग्यात्मक ट्वीट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा पूर्व कप्तान पारस खड्काले व्यङ्ग्यात्मक ट्वीट गरेका छन्। खड्काले बुधबार प्रधानमन्त्री ओलीले संसदमा दिएको जवाफको शैलीमा ट्वीट गरेका हुन्।

उक्त ट्वीटमा पारसले लेखेका छन्, ‘ छोराः केरे अहिले पनि घिरौला खाने रे! दिन दिनै घिरौला खाने भनेर कसले भन्यो? आमाः मैले भने, अहिले भर्खरै, मैले..!!’ बुधबार प्रतिनिधिसभामा कांग्रेस नेता गगन थापाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै छ भनेर कसले भनको भन्ने प्रश्नमा प्रधानमन्त्रीले ठट्यौली जवाफ दिँदै मैले भनेको अहिले भखैरै भनेका थिए।
उक्त विषयलाई लिएर पूर्वकप्तान पारस खड्काले ट्वीट गरेका थिए। तर अहिले भने पारसले उक्त ट्वीट डिलिट गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment