एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

डिसी नेपाल
३० जेठ २०७७ ८:००

काठमाडौं। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने छ भने।

विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ। त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *