ईङल्यान्ड भ्रमणको लागि वेस्टईन्डिज क्रिकेटले ३ मिलियन डलरको सहयोग लिएको आरोप
काठमाडौं । वेस्टईन्डिज क्रिकेट बोर्डले क्रिकेट टोली ईङल्यान्ड भ्रमणमा पठाउनको लागि ईङल्यान्ड क्रिकेट संग ३ मिलियन डलरको सहयोग लिएको आरोप लागेको छ । साथै वेस्टईन्डिज क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्ष पदको लागि इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) का प्रमुख कोलिन ग्रेभलाई भोट दिने सर्तमा पनि सो रकम लिएको आरोप लागेको छ ।
वेस्टईन्डिज क्रिकेट बोर्डका अध्यक्ष रिकी स्कर्टले यि आरोपहरु गलत भएको बताएका छन । उनले भने, यो राजनीति हो, यसमा एथिक्स कमेटी पनि संलग्न छन। उनले भने, मैले समितिको छानबिनको क्रममा धेरै समस्याहरुको सामना गरेको छु।
स्कर्टले भने, वेस्टइन्डिजले कुनै क्रिकेट बोर्डबाट ऋण लिएको यो पहिलो पटक होइन। यस अघि बोर्डले सन २०१६ र २०१८ मा बङलादेश क्रिकेट बोर्ड र आईसीसीबाट पनि ऋण लिएको थियो। तर स्कर्ट त्यतिबेला क्रिकेट वेस्टइन्डिजका अध्यक्ष थिएनन्।
उनले भने, क्रिकेट वेस्टइन्डिजको आर्थिक अवस्था खराब छ। कोरोनाभाईरसको कारण अवस्था अझै नाजुक भएको छ । बोर्डसँग पैसा थिएन। यस्तो अवस्थामा, ईसीबी मद्दतको लागि अगाडि आएको थियो, तर यसको मतलब यो होइन कि ईसीबीले मद्दतको लागि कुनै सर्तहरू राखेको छ।
वेस्टईन्डिज टिम टेस्टको श्रृंखलाका लागि गत ८ जुनमा इङल्यान्ड पुगि सकेको छ । टोलीले पहिलो खेल ८ जुलाई देखि खेल्ने छ। टोली हाल ओल्ड ट्र्याफर्डको सुरक्षित होटलमा क्वारेन्टाइनमा रहेको छ। श्रृंखलाको अन्तिम दुई टेस्ट ओल्ड ट्र्याफर्ड हुने तय भएको छ।







डिसी नेपाल








Facebook Comment