त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरे २० वटा शव

डिसी नेपाल
५ असार २०७७ १५:५४

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएका २० जना नेपालीको शव शुक्रबार कतार एयरको जहाजमार्फत नेपाल ल्याइएको छ।

विभिन्न मुलुकमा अहिलेसम्म १५१ वटा शव अलपत्र अवस्थामा रहेको सरकारी तथ्यांक छ। तीमध्ये शुक्रबार कतारबाट २० वटा शव नेपाल पठाइएको कतारका लागि नेपालका राजदूत डा. नारद भारद्वाजले जानकारी दिए।

यसैगरी कतार एयरको विमानका शुक्रबार नै ४३ जना नेपाली पनि स्वदेश फर्किएका छन्। उनीहरु सबैलाई कतारले डिपोट गरेका नेपाली नागरिक हुन्।

कतारले आफ्नै खर्चमा नेपाल ल्याइदिएको राजदूत भारद्वाजले डिसी नेपाललाई जानकार दिए। यसैबीच शनिबार कटारबाट १४६ नेपाली लिएर नेपाल एयरलाइन्सको चार्टड जहाज काठमाडौं आउने राजदूत भारद्वाजले जनाए।

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिक ल्याउने सरकारको निर्णय अनुसार विभिन्न मुलुकबाट नेपाली नागरिक ल्याउने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *