सीसीएमसी बैठक : क्वारेन्टिन सुधारका लागि ३५ करोड निकासा

डिसी नेपाल
५ असार २०७७ १९:४४

काठमाडौं। सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले देशभरका क्वारेन्टिन सुधारका लागि भन्दै कोरोना राहत कोषबाट शुक्रबार ३५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

क्वारेन्टिनको अवस्था नाजुक रहेको र क्वारेन्टिन कोरोना फैलाउने स्थल बनेको भन्दै व्यापाक विरोध भइरहेका बेला सीसीएमसीले क्वारेन्टिन सुधारका लागि बजेट निकासा गरेको हो। सीसीएमसीमा रहेका पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबारको निर्णय जानकारी दिँदै प्रदेशमार्फत स्थानीय तहमा कार्यन्वयन गर्नका लागि बजेट निकासा गरिएको जानकारी दिए।

उनका अनुसार सीसीएमसीले पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेकाले कुनै जिल्ला वा स्थानीय तह सिल गर्न सक्ने अधिकार प्रदेश सरकारलाई दिने निर्णय गरिएको छ। यस्तै आइसोलेसन बेड बढाउन पनि प्रदेश सरकारलाई भनिएको छ।

उता विदेशमा अलपत्र परेका नेपाली श्रमिको उद्धारका लागि आवश्यक मापदण्ड बनाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ। खासगरी आफ्नै खर्चमा आउन नसक्ने श्रमिकलाई कसरी उद्धार गर्ने भन्ने विषयमा यो निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए। यस्तै लकडाउन जारी रहेकै समयमा विदेश जान चाहने विद्यार्थीलाई शिक्षा मन्त्रालय र श्रमिकलाई श्रम मन्त्रालयले सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *