युवराज सिंह द्वारा सन्यासको वास्तविक कारण खुलासा

डिसी नेपाल
७ असार २०७७ १६:४६

काठमाडौं । गत बर्ष भएको विश्वकप अन्तर्गत अष्ट्रेलियालाई भारतले पराजित गर्नुभन्दा ठिक एक दिन अघि भारतीय क्रिकेटर युवराज सिंहले आफ्नो खेलजिवन बाट सन्यास लिएका थिए । हुनत युवराज त्यो समयमा आफ्नो करियरको उत्तरार्धमा थिए, तर उनले सन्यास लिन्छन होला भनेर कसैले विश्वास गरेका थिएनन । सर्मथकहरुले युवराजलाई विश्वकपमा बेबास्ता गरेको कारण उनले यो कदम चालेको अडकल गरे । तर वास्तविक कारण फरक थियो र अहिले आएर युवराज सिंहले यसको खुलासा गरेका छन ।

युवराजले भने, “जब तपाई जीवनमा द्रुत गतिमा सवारी गर्दै हुनुहुन्छ, तपाई धेरै चीजहरू महसुस गर्नुहुन्न। तर अचानक तपाईलाई केही हुन्छ र घरमा दुई तीन महिना देखि बस्नु पर्छ। वास्तवमा यो विभिन्न कारणहरूले हुन्छ।” युवराजले भने, “म त्यस्तो अवस्थामा पुगेको थिए, जाहा क्रिकेटले मलाई मानसिक रुपमा सहयोग गरेन। म सँधै क्रिकेट खेल्न चाहन्थें, तर यसले मलाई सहि मुडमा राख्न सहयोग गरिरहेको थिएन।”

बायाँ हाते ब्याटसम्यानले भने, “म आफैं घस्रि रहेको थिए, र म कहिले अवकाश लिन्छु भनेर सोचिरहेको थिए। के मैले सन्यास लिनुपर्ने थियो, वा मैले आउदो सत्रमा खेल्नुपर्ने थियो ?” युवराजले गौरव कपूरसँग कुराकानीमा उनलाई सोधे। युवीले भने, “मैले कहिलेकाँही क्रिकेट अभावमा खेल्थे, तर धेरैजसो समय अभावमा खेलिन किनकि मैले धेरै बर्ष देशको लागि खेले। मैले प्रशंसकहरूबाट धेरै माया र सदभावहरु पाएँ र म आफुलाई भाग्यशाली महसुस गर्छु। खेलले मलाई सम्मान दिएको छ र गत बीस बर्षमा प्राप्त भएको सम्मानमा म खुसी थिए र मलाई यो लाग्यो कि सन्यास लिने यो सही समय हो।”

युवराजले भने, “त्यसैले मलाई लाग्छ कि मैले सन्यास लिएको दिन म स्वतन्त्र थिएँ। त्यो धेरै भावनात्मक दिन थियो, जुन म शब्दमा भन्न सक्दिन, तर पक्कै पनि म स्वतन्त्र र मानसिक रुपमा खुशी भएको महसुस गरे । धेरै वर्षदेखी म राम्रोसँग सुत्न सकेको थिईन तर मैलै यसको लागि प्रयासहरु गरे ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *