छायाँनाथ रारा नगरपालिकाको नगरसभा उद्घाटनमा खुर्सानी प्रहार

डिसी नेपाल
१० असार २०७७ २१:०२

मोहनकुमार मल्ल
मुगु। मुगु जिल्लाको एकमात्र नगरपालिकाको नगरसभा असन्तृष्ट सदस्यहरुको नाराबाजीबीच बुधबार उद्घाटन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा नगर प्रमुख हरिजंगशाहीले दियोमाबत्तीबालेर उद्घाटन गरे।

सदरमुकाम स्थित अनुशा होटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको नगरसभा उद्घाटनका लागि नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गदैगर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले नगर प्रमुखमाथि खुसार्नीको धुलो प्रहार गरेका थिए । नगर प्रमुखलाई लक्षित गरि खुर्सानी प्रहार गरे पनि खुर्सानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

नगरसभा संचालन कार्यविधी बमोजिम कार्यपालिका नगर सभा विथोल्ने मनसायले खुर्सानी प्रहार गर्ने सदस्यलाई नगरसभामा उपस्थित हुन नपाउने गरि कारवाही गर्ने पनि नगरपािलका सो्रतले बताएको छ ।

नगरपालिकाकाका ७ वटा वडाका वडा अध्यक्षसहित ३७ जनानगर कार्यपालिका सदस्यहरुले नगर प्रमुखलाई स्थानीय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितिहरुको बैठक बसाली आधा वडाहरुका योजनाहरु नगरपालिकामा पेस नहुँदैन गरसभ ाबोलाएको आरोप लगाएका थिए। प्रकृयागत रुपमा गएर नगरसभा गरौं भन्ने मागका साथ नाराबाजी गरेका थिए । असन्तृष्ट पक्षले नाराबाजी गरे पनि मेयर पक्ष सदस्यहरुको तालीकाबीच नगर प्रमुखले सदरमुकाम गमगढीमा रहेको अनुशा टप होटेलको सभाहलमा नगरपालिकाको नगर सभा उद्घाटन गरे।

असन्तृष्ट पक्षका मागलाई लियर बुधबारै विहानदेखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा सहमतीका लागि बैठक बसेको थियो । १ बजे नेपाली काँगे्रसका जिल्ला सभापती खड्क बहादुर शाही र नेकपाका स्थानीय नेताहरु मंगलबहादुर शाही र धर्म बहादुर शाहीको उपस्थितिमा नगर प्रमुखले सातौँ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनःसभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरुबी सहमती गर्ने निर्णय भएको थियो।

स्थाीनय सरकारहरुले असार १० गतेबाट बजेट तथा नीति कार्यक्रम ल्याउने प्रक्रिया शुरु गर्नुपर्ने भएकाले बाध्यभएर बुधबार नगरसभाको प्रक्रिया शुरु गरेको प्रमुख शाहीले बताए।

यता असन्तुष्ट उपमेयर पक्षले सँधै आफ्ना सदस्यहरुलाई प्रलोभनमा पारेर बहुमत जुटाई आफ्नो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमती, सहकार्य र समझदारीमा नगरसभा गरौं भन्दा पनि सहमती नगरेर बलमिच्याँई गरेको आरोप लगाएको छ। उपप्रमुख सुन्ताला रोकायाले यस्तो बलमिच्याँई अस्वीकार्य रहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *