विज्ञसँग राय लिएर काम गर्न ओली सरकारका मन्त्रीलाई माधव नेपालको सुझाव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा रहेका मन्त्रीहरूले विज्ञहरूसँग सुझाव लिएर काम गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय आर्थिक मासिकले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कुनै पनि योजना कार्यान्वयन गर्दा पूर्वमन्त्री , कर्मचारी र बिज्ञहरुसंग सुझाव लिनुपर्ने बताए । नेता नेपालले लामो समयसम्म पनि आयोजना पुरा नहुनु दुर्भाग्य भएको टिप्पणी गरे।
समयमा नै पुल , सडक निर्माण नहुदा भ्रष्टाचार मौलाउने खतरा रहेको उनको भनाई छ। उनले सरकारको कामले पनि गति लिनुपर्ने धारणा राखे । उनले बिभिन्न बहानामा वन फडानी भईरहेको भन्दै बिकास निर्माण र पर्यावरणीय क्षेत्रमा समन्वय हुनुपर्ने उल्लेख गरे।
उनले तल्लो तहले कुनैपनि आयोजना निर्माण गर्दा आफूभन्दा माथिल्लो निकायसँग छलफल गरेर मात्र काम सुरु गर्नुपर्ने पनि बताए । उनले अब सबैको ध्यान जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा केन्द्रित गर्नुपर्ने जिकिर गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment