कर्णालीमा ९ सय जनाले जिते कोरोना
काठमाडौं। कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेहरुको संख्या ९३४ पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार कर्णाली प्रदेशमा २१४ जना विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।
कर्णाली प्रदेशमा शनिबार थपिएका ७ जना गरी जम्मका संक्रमितको संख्या १४४० पुगेको मन्त्रालयले जनाएको छ। ती मध्ये ९४३ जना घर फर्किसकेकाले अब कर्णालीमा एक्टिभ केस ५०० मात्र छ।
शनिबारमात्र दैलेखका विभिन्न आइसोलेसन सेन्टरबाट २०५ जना डिस्चार्ज भएका छन्। कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment