शनिबार १३ सय १० नेपाली स्वदेश फर्किए, साउदीबाट बाकसमा आए १५ शव

डिसी नेपाल
१३ असार २०७७ २२:१७

काठमाडौँ । शनिवार विभिन्न देशबाट ८ वटा ‘उद्धार’ उडानमार्फत १३ सय १० जना नेपाली स्वदेश फर्किएका छन् । साउदीको रियादबाट नेपाली बोकेर आएको नेपाल एयरलाइन्सको जहाजले  रोजगारीका क्रममा मृत्यु भएका  १५ नेपालीको शव पनि ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

यसरी स्वदेश फर्कनेहरुमा हङकङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत मकाउका ६३ सहित ८१ जना, कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच ३८४ जना, नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत यूएईको दुबईबाट १४६ जना, नेपाल एयरलाइन्सकै चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २५४ जना, साउदीकै दमामबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना, कुवेतबाट जजिरा एयरमार्फत आममाफी पाएका ८१ र अस्ट्रेलियाको मेलवर्नबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत २१० जना नेपालीहरु रहेका छन् ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एअरलाइन्सको जहाज कतारमा रहेका नेपाली ल्याउन दोहा जाँदैछ। भाेली नै त्यस्तै नेपाल एयरलाइन्सकै अर्काे जहाज र हिमालय एयरलाइन्सको जहाज मलेसियाको क्वालालाम्पुर जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *