इटालीमा अलपत्र नेपाली कतार एअरलाइन्समाफर्त सोमबार नेपाल फर्कँदै

डिसी नेपाल
१४ असार २०७७ ०:३९

विजय भुसाल
मिलान। इटाली र स्विट्जरल्याण्डबाट समस्यामा परेका नेपालीहरु सोमबार नेपाल आउने भएका छन् । इटाली र स्विट्जरल्यण्डबाट कतार एअरलान्समार्फत ७९ जना नेपाल फर्कने भएका हुन्। १२ नेपाली स्विट्जरल्याण्डबाट र ६७ जना इटालिबाट नेपाल फर्किने भएका हुन् । नेपालीहरूका लागि इटालीबाट दुई वटा र स्विट्जरल्याण्डबाट एक उडान हुने छ।

नेपाली राजदुताबास स्विटजरल्याण्डका काउन्सलर कुमार राईले दिएको जानकारी अनुसार इटालिबाट मिलान र रोम शहरबाट उडान हुनेछन् भने स्विट्जरल्याण्डबाट भने ज्यूरिक शहरबाट उडान हुनेछ।

सोमबार कतार एअरर्लाइन्सले नेपालीहरु लिएर जानेछ । कतार पुगेपछि बिमान परिवर्तन गरि अरु युरोपिएन मुलुकबाट आएका नेपालीहरुलाइ पनि एउटै बिमानमा नेपाल पुर्याइने छ।

इटाली र स्विट्जरल्याण्डबाट नेपालका लागि १२०० अमिरिकी डलर भाडा तोकिएको छ। यात्रुहरुले उडान अगावै पिसिआर ,आरडिटि टेस्ट नेगेटिभ वा स्वास्थ्यकर्मी कोभिड १९ को लक्षण नभएको प्रमाण देखाउनु पर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *