इटालीमा अलपत्र नेपाली कतार एअरलाइन्समाफर्त सोमबार नेपाल फर्कँदै

डिसी नेपाल
१४ असार २०७७ ०:३९
16
Shares

विजय भुसाल
मिलान। इटाली र स्विट्जरल्याण्डबाट समस्यामा परेका नेपालीहरु सोमबार नेपाल आउने भएका छन् । इटाली र स्विट्जरल्यण्डबाट कतार एअरलान्समार्फत ७९ जना नेपाल फर्कने भएका हुन्। १२ नेपाली स्विट्जरल्याण्डबाट र ६७ जना इटालिबाट नेपाल फर्किने भएका हुन् । नेपालीहरूका लागि इटालीबाट दुई वटा र स्विट्जरल्याण्डबाट एक उडान हुने छ।

नेपाली राजदुताबास स्विटजरल्याण्डका काउन्सलर कुमार राईले दिएको जानकारी अनुसार इटालिबाट मिलान र रोम शहरबाट उडान हुनेछन् भने स्विट्जरल्याण्डबाट भने ज्यूरिक शहरबाट उडान हुनेछ।

सोमबार कतार एअरर्लाइन्सले नेपालीहरु लिएर जानेछ । कतार पुगेपछि बिमान परिवर्तन गरि अरु युरोपिएन मुलुकबाट आएका नेपालीहरुलाइ पनि एउटै बिमानमा नेपाल पुर्याइने छ।

इटाली र स्विट्जरल्याण्डबाट नेपालका लागि १२०० अमिरिकी डलर भाडा तोकिएको छ। यात्रुहरुले उडान अगावै पिसिआर ,आरडिटि टेस्ट नेगेटिभ वा स्वास्थ्यकर्मी कोभिड १९ को लक्षण नभएको प्रमाण देखाउनु पर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *