न्यूयोर्क टाइम्सको रिपोर्टः अमेरिका चीन सैन्य टकराव निश्चित

डिसी नेपाल
१४ असार २०७७ ९:३२

काठमाडौं। न्यूयोर्क टाइम्सको एक रिपोर्टमा अमेरिका र चीनबीच सैन्य टकराव निश्चित भएको दावी गरिएको छ । रिपोर्टमा चीनको आक्रामकता र विस्तारवादी नीति भविष्यमा एक नयाँ संकटको संकेत भएको उल्लेख गरिएको छ । यदि चीनको रवैया यही रह्यो भने भविष्यमा अमेरिका–चीनबीच सैन्य टकराव निश्चित भएको रिपोर्टमा दावी गरिएको छ ।

रिपोर्ट भन्छ – चीनका पछिल्ला गतिविधि र उसको कार्यशैलीले ऊ संघर्षको पूरा मुडमा देखिएको छ । जसरी चीनले हिमालयदेखि दक्षिणी चीन सागर सम्म आक्रामक तरिकाले दावेदारी पेश गरेको छ यसबाट भविष्यमा चीन र अमेरिकाको सैन्य संघर्ष तय मानिएको छ ।

अमेरिकासमेत पूरै विश्व कोरोना महामारीसँग जुधिरहेको समयमा चीनले छिमेकी देशहरुसँग कैयौं सैन्य मोर्चा खोलिदिएको छ । उसले छिमेकीहरुको सीमाको अतिक्रमण गरिरहेको छ । यो अतिक्रमणमा बेइजिङ आफ्नो सैन्य शक्तिको प्रयोग गरिरहेको छ । चीनको शैलीले पूरै एसिया र वाशिङटनमा एक नयाँ संकटको घण्टी बजाइदिएको छ ।

चीनले पूर्वी लद्दाखमा भारतीय सैनिकसँग बढिरहेको विवादको एक हप्ताभित्रै जापान नजिकै आफ्नो पनडुब्बी तैनाथ गरेको छ । यही बीचमा चीनमा बमवर्षक विमान ताइवानको क्षेत्रीय एयरस्पेसमा उडिरहेका थिए । चीनले एकसाथ तीन मोर्चामा आफ्नो सैन्य मोर्चा खोलिदिएको छ । यसो गरेर चीनले आफ्नो उद्देश्य प्रस्ट पारिसकेको छ ।

खास कुरा त के भने दक्षिणी चीन सागरमा चीनको सामना गर्नको लागि अमेरिकाले पनि यस अमेरिकाले दक्षिणी चीन सागरको माध्यमबाट अमेरिकी युद्धपोतहरुलाई ताइवानतर्फ पठाएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको चीनका शीर्ष कूटनीतिज्ञ यांग जीचीसँग वार्तापछि अमेरिकाले ताइवानलाई सैन्य मुद्दामा समर्थन बढाएको छ । उता चीनले यस क्षेत्रमा तनावको लागि अमेरिकालाई दोषी ठहर्याएको छ । चीनले अमेरिकी सेनामाथि नियमित रुपले त्यस क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएको छ जहाँ उसको क्षेत्रीय दावी छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *