यूएईबाट ११ वटा चार्टर्ड जहाजमार्फत १८ सय ८९ नेपाली स्वदेश फर्किए
काठमाडौँ । कोरोनाका कारण खाडीमुलुक यूएर्ईमा समस्यामा परेका १८ सय ८९ जना नेपाली स्वदेश प फर्किएका छन् । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि अहिलेसम्म यूएईबाट १८ सय ८९ जना नेपाली स्वदेश फर्किसकेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार समस्यामा परेका नेपालीको ‘उद्धार’ उडान अन्तर्गत जुन १९ देखि २७ तारिख शनिबारसम्म विभिन्न एअरलाइन्सका ११ वटा चार्टर्ड जहाजमार्फत उनीहरु स्वदेश फर्किएका हुन । समस्यामा परेका नेपाली फर्काउन थप उडानको क्रम जारी रहेको पनि दूतावासले जनाएको छ ।
दूतावासमा आउने गूनासो तथा समस्याको उचित सम्बोधन गरिरहेको दूतावासकाे भनाइ छ । ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ,’ दूतावासले शनिबार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment