इरानको राजधानी तेहरानमा रहस्यमय विष्फोट
दुबइ । इरानको राजधानी तेहरानको पूर्वी पहाडी इलाकामा रहस्यमय विष्फोट भएको छ । विश्लेषकहरुले यो विष्फोट भूमिगत सुरुङ प्रणाली र मिसाइल उत्पादन स्थलमा भएको विश्वास गरेका छन् । शुक्रबार साँझको घटनामा राजधानी तेहरानको आकाशमा विशाल आगोको गोला देखिएको थियो । यो विष्फोट केको हो भन्ने स्पष्ट भइसकेको छैन । यो घटनापछि इरानले मिसाइल परक्षिण गरेको हुन सक्ने दावी गरिएको छ ।
समाचार एजेन्सी एपीका अनुसार विष्फोटको कारण थाहा हुन सकेको छैन । विष्फोटपछि इरान सरकारको प्रतिक्रिया पनि असामान्य आएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकका अनुसार यो विष्फोट यस्तो ठाउँमा भएको छ जहाँ इरानले २ दशक पहिले परमाणु हतियारको लागि विष्फोटक परीक्षण गरेको थियो । यो विष्फोटले घरहरु हल्लिएका थिए, झ्यालहरु फुटेका थिए । अल्बोर्ज पर्वतमा क्षितिजनजिकै आगो र धुवाँको गोला उठेको थियो । यही कारण शंका गहिरिँदै गएको छ ।
यो घटनापछि इरानको रक्षा मन्त्रालयका प्रवक्ता दाउद आबदीले यो घटना ग्यास लिक भएको घटना भएको र यसमा कसैको ज्यान नगएको बताएका छन् । उनले पहाडी क्षेत्रलाई सार्वजनिक स्थल भनेका छन् । केही दिनअघि इरानले यदि अमेरिका २०१५ को परमाणु सम्झौताबाट बाहिर निस्किनको लागि माफी माग्छ र इरानलाई यस विषयमा मुआब्जा दिन्छ भने आफू अमेरिकासँग परमाणु वार्ता बहाल गर्न तयार रहेको बताएको थियो ।







डिसी नेपाल







Facebook Comment