डा. एन्थोनी फाउसीले ‘भ्याक्सिनबाट पनि अमेरिकामा कोरोना समाप्त हुँदैन’ किन भने ?

डिसी नेपाल
१५ असार २०७७ १५:४३

काठमाडौं। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा कोरोना नियन्त्रणको लागि बनाइएको सरकारी कमिटीमा प्रमुख सदस्य डा. एन्थोनी फाउसीले भ्याक्सिन बनिसकेपछि पनि अमेरिकामा कोरोनाभाइरस अस्तित्वमा रहिरहने चेतावनी दिएका छन् । सीएनएनको रिपोर्टअनुसार डा. फाउसीले भनेका छन् कि अमेरिकामा कैयौं मानिसहरुले कोरोना भ्याक्सिन नलगाउने भनेका छन् यसकारण अमेरिकामा हर्ड इम्युनिटी हासिल नहुने सम्भावना रहनेछ ।

डा. फाउसीले आफूले ट्रायलको क्रममा ७० देखि ७५ प्रतिशतसम्म प्रभावकारी देखिएको भ्याक्निको प्रयोग गर्ने बताएका छन् । डा. फाउसीका अनुसार यदि एउटा भ्याक्सिन लगाएपछि समुदायका ६० प्रतिशत मानिसहरु इम्युन भए भने त्यहाँ हर्ड इम्युनिटी हासिल हुनेछ । यसको कारण भाइरसको चेन टुट्नेछ र संक्रमण रोकिनेछ ।

गत महिना सीएनएनको एक सर्वेक्षणमा पाइएको थियो कि अमेरिकाका एक तिहाइ मानिसहरु भ्याक्सिन लगाउन चाहँदैनन् । उनीहरुले भ्याक्सिन सस्तो भएको र सहजै उपलब्ध हुने अवस्थामा पनि भ्याक्सिन नलगाउने बताएका थिए । डा. फाउसीसँग ७० देखि ७५ प्रतिशत प्रभावी भ्याक्सिन दुई तिहाइ मानिसहरुले लगाउँदा हर्ड इम्युनिटी हासिल हुन्छ ? भनेर सोध्दा उनले यस्तो नहुने बताए ।

डा. फाउसीका अनुसार अमेरिकामा केही मानिसहरुको बीचमा एन्टी साइन्स, एन्टी अथोरिटी र एन्टी भ्याक्सिनको माहोल बनिरहेको छ । उनले भने ‘एन्टी भ्याक्स्नि आन्दोलनलाई हेर्दै गर्दा हामीले अझै धेरै काम गर्न बाँकी छ ताकि मानिसहरुलाई भ्याक्सिनको वास्तविकताबारे बताउन सकियोस् तर यो सजिलो हुने छैन ।’

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक समेत रहेका डा. फाउसीले भने ‘रुबेलाको केसमा हामीले ९७ देखि ९८ प्रतिशत प्रभावकारी भ्याक्सिन पाएका थियौं । यस्तो भएमा धेरै राम्रो हुनेछ । तर मलाई लाग्दैन कि हामी यस्तो गर्न सक्नेछौं । कोरोना भ्याक्सिन ७० देखि ७५ प्रतिशतसम्म प्रभावकारी भएमा म प्रयोग गर्न चाहनेछु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *