अस्ट्रेलियामा चक्कु लिएर लुटेरा दौडाउने नेपाली पवित्रा कार्की घटनाबारे के भन्छिन् ?

डिसी नेपाल
१७ असार २०७७ १०:४३

काठमाडौं। अहिले अस्ट्रेलियामा बस्ने एक नेपाली युवती चर्चामा छिन् । अस्ट्रेलियाको सिड्नीमा पसलमा बसेकी ती युवतीले पसल लुट्न आएका एक लुटेरालाई चक्कु लिएर दौडाइन् । पवित्रा कार्कीले लुटेरालाई चक्कुले तर्साएर भगाएको घटनाको सीसीटिभी फुटेज सार्वजनिक भएसँगै उनको चर्चा बढेको छ ।

‘ऊ ढोकामा आयो अनि पैसा माग्यो । म डराएँ । मैले उसको कुरा बुझिन र के भन्न खोजेको भनेर सोधें । उसले पैसा देउ, पैसा देउ भन्यो’ पवित्राले अस्ट्रेलियाको सेभेन न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले किचन चक्कु निकालेर उसलाई हान्न खोजें । त्यसपछि ऊ भाग्यो ।’ यो पसल उनको परिवारको पसल हो । यसबाहेक उनी त्यहाँ चाइल्ड केयर वर्कर बन्ने उद्देश्यसहित अध्ययन गरिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *