निष्पक्ष भएर संसद सञ्चालन गर्न सभामुख महरालाई काँग्रेसको ध्यानाकर्षण

डिसी नेपाल
१८ साउन २०७५ ११:०४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय अभ्यासअनुसार निष्पक्ष भएर संसद सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले बिहीबार प्रतिनिधीसभा बैठकमा आफ्ना सांसदहरुलाई प्रश्न सोध्न रोक लगाईएको प्रति आपत्ती जनाउदै यस बिषयमा सभामुखसंग छलफल गर्ने निर्णय गरेको हो।

सभामुख सबैको साझा बन्नुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षीलाई मिलाएर लैजान सभामुख कृष्ण वहादुर महरासंग टेलिफोनमा कुरा भएको र सभामुखसंग भेटेरै यस बिषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।

बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको काग्रेसले जनाएको छ। सदनमा उठाउने जरुरी सार्वजनिक महत्वको प्रस्ताव,ध्यानाकर्षण लगायतका बिषयमा छलफल भएको नेता खाँणले बताए।

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल भएको छ। काग्रेसको संसदीय दलको बैठक शनिबार दिउसो फेरि बस्ने खाँणले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *