आज बिहीबार, यस्तो छ १२ राशिको ग्रहफल
आज मिति २०७७ साल असार १८ गते बिहीबार । तदनुसार २ जुलाई सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व, प्रमादी उत्तरायण, ग्रीष्म ऋतु बिहीवार । आषाढ शुक्लपक्ष, द्वादशी, १४ः४१ बजे उप्रान्त त्रयोदशी तिथि ।
आजको ग्रहफल
मेष
काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ ।
वृष
यात्राको सुख मिल्नेछ । पारीवारिक भेटघाट रहनेछ । व्यवसायिक दौड धुप हुनेछ ।
मिथुन
स्वास्थ्यमा सुधार हुनेछ । विरोधी पर जानेछन् । किनमेलमा खर्च हुनेछ ।
कर्कट
सांगीतिक रुचि बढ्नेछ । भाग्यले साथ दिनेछ । शैक्षिक प्रगति हु्ुनेछ ।
सिंह
घरायसी माहोल बिग्रिनेछ । शंकाले वैमनस्यता आउनेछ । कार्य अन्तिममा वन्नेछ ।
कन्या
हतारमा काम बिग्रिनेछ । दौड धुप बढी हुनेछ । दाजुभाइले साथ दिनेछन् ।
तुला
धनमा सन्तुष्टि मिल्नेछ । वाणीले साथ दिनेछ । कुटुम्ब नजिक पर्नेछन्।
वृश्चिक
प्रशन्नता बढ्नेछ । पहिचान मिल्नेछ । साथीभाइसँग रमाइलो मिल्नेछ।
धनु
सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ।काममा प्रशंमा मिल्नेछ।
मकर
धनको फाइदा अरुलाई जानेछ, प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।
कुम्भ
दौडधुप बढी हुनेछ, प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ।
मीन
परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment