पार्टी फुटबाट जोगाउन नेकपाका दोस्रो पुस्ताका नेता सक्रिय

डिसी नेपाल
१९ असार २०७७ १२:२१

काठमाडौं। पार्टीभित्रको विवाद चर्किँदै जाँदा नेकपाभित्रका दोस्रो पुस्ताका नेता पार्टी बचाउन भन्दै सक्रिय भएका छन्। एकताको काम पूर्ण नभइ पार्टी विभाजन हुने बाटोमा पुगेको भन्दै दोस्रो तहका युवा नेताहरुले पार्टी एकता हुँदाको प्रिन्सिपललाई आधार मानेर पार्टीलाई बलियो बनाउनु पर्ने निष्कर्षमा दोस्रो तहका नेताहरु पुगेका छन्।

शुक्रबार कृषि मन्त्री घनश्याम भुसालको निवास पुलचोकमा भएको छलफलमा एकतालाई पूर्णता नपाइ पार्टीमा फेरि विवाद देखिएकाले यसलाई जोगाउन आ–आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने सहमति भएको छ।

उक्त भेलामा प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षधर, प्रचण्ड पक्षधर माधव नेपाल पक्षधर नेताहरु सहभागी थिए। उक्त बैठकमा सहभागी स्थायी कमिटी सदस्य मणि थापाका अनुसार पार्टीका देखिएको विवाद समाधान गर्न एकताको प्रिन्सिल अनुसार नै अगाडि बढ्नु पर्ने निष्कर्ष निकालिएको छ।

‘पार्टीलाई कुनै पनि हालतमा दुर्घटनामा जान दिनु हुँदैन। पार्टी दुर्घटनामा पर्यो भने कम्युनिष्ट आन्दोलन नै दुर्घटनामा पर्छ र मुलुक संकटमा पर्छ। त्यसैले अहिलेको विवावलाई समाधान गरेर जानुपर्छ भन्नेमा सबै नेता सहमत हुनु भएको छ,’ थापाले डिसी नेपालसँग भने।

नेकपाको जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाव उत्कर्षमा पुगेको छ। बिहीबार सरकारले अचानक संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पार्टी विभानको संघारमा पुगेको नेकपा शीर्ष नेताहरुले बताएका छन्।

पार्टी गम्भीर संकटमा परेपछि एकतलाई जसरी पनि जोखाउनु पर्छ भन्दै तीन वटै पक्षका युवा नेता सक्रिय भएका छन्। करिव डेढ घण्टा बसेको बैठकमा एकताको पक्षमा सबैले आफ्नो ठाउँबाट लविङ गर्ने सहमति भएको नेता थापाले जानकारी दिए।

उक्त बैठकमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, योगश भट्टराई, टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, मणि थापालगायतका नेता सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *