बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड भेटवार्ता जारी

डिसी नेपाल
१९ असार २०७७ १२:४१

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।

नेकपाको जारी स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। विवादकाबीच बिहीबार प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पार्टी विभाजनको संघारमा पुगेको शीर्ष नेताहरुले बताइरहेका बेला अध्यक्षद्ववबीच भेटवार्ता भएको हो।

प्रचण्डले शुक्रबार प्रधानमन्त्री ओलीसँग वार्ता गर्न भन्दै शनिबारसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरेका थिए। ‘अहिले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले डिसी नेपालसँग भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *