स्वदेश फिर्ती : शुक्रबार ९१८ नेपाली स्वदेश आइपुगे, कुन देशबाट कति ?

डिसी नेपाल
१९ असार २०७७ २१:०५

काठमाडौँ । शुक्रबार विभिन्न देशबाट ६ वटा ‘उद्धार’ उडानमार्फत ९१८ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत १४५ जना र यूएईको दुबईबाट १४७ जना नेपाली काठमाडौँ ओर्लिएका छन् । कतारको दोहाबाट नेपाली बोकेर आएको नेपाल एयरलाइन्सको जहाजले मृतक २ नेपालीको शव पनि ल्याएको छ ।

त्यस्तै हिमाय एयरलाइन्सको चार्टर्ड उडानमार्फत यूएईको आबुधावीबाट १४२ नेपाली फर्केका छन् । आजै यूएईको सारजाहबाट एयर अरेवियाले पनि काठमाडौँका लागि उडान भरेको छ । एयर अरेवियाको सो उडानमार्फत १६७ जना नेपाली फर्किएका हुन् ।

त्यसैगरी मलेसियाको क्वलालम्पुरबाट मलिन्दो एयरमार्फत १७६ नेपाली पनि स्वदेश आएका छन् । शुक्रबार नै दोहा हुँदै कतार एयरवेजमार्फत १ बच्चासहित १४१ नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। शनिबार पनि विभिन्न देशबाट नेपाली आउदैँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *