डब्ल्यूएचओकाे आग्रह, कोरोना लगातार बढिरहेको छ, सतर्कता अपनाउनुस्, ५ लाख २६ हजार बढीको मृत्यु

डिसी नेपाल
२० असार २०७७ ७:३६

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ९ हजार ७७ पुगेको छ। ती मध्ये ६२ लाख १९ हजार ३७० उपचारपछि निको भएका छन् भने हालसम्म पाँच लाख २६ हजार ६४० जनाको मृत्यु भएको छ।

शुक्रबार मात्रै १ लाख ३६ हजार ८५४ जना नयाँ संक्रमित थपिएका छन्। ती मध्ये सबैभन्दा धेरै अमेरिकामा ३५ हजार ८११ जना र भारतमा २२ हजार ७२१ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मृत्यु मेक्सिकोमा भएको छ। त्यहाँ २४ घण्टामा ६७९ जनाले ज्यान गुमाएका छन्। त्यसपछि भारतमा ४ सय ४४ जनाले एकै दिन ज्यान गुमाएका छन्। अमेरिकामा ३९८ र ब्राजीलमा ३१४ जनाको मृत्यु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण लगातार बढिरहेको भन्दै सर्तकता अपनाउन सबै मुलुकलाई आग्रह गरेको छ।

यसैबीक पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। करैशीले ट्वीटमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *