बझाङको केदारस्यू गाउँपालिकामा पहिरोले डेढ दर्जन घर बगायो, सात जना वेपत्ता

डिसी नेपाल
२० असार २०७७ ८:१९

काठमाडौंं। बझाङको केदारस्यू गाउँपालिकामा गए राति पहिरोले डेढ दर्जन घर बगाएको छ। केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो जाँदा डेढ दर्जन घर बगाएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमका अनुसार राति पहिरो जाँदा पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएको तर के कति क्षति भयो भन्ने जानकारी नभएको बताए।

‘स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सात जना बेपत्ता भएका जानकारी दिएका छन्। ‘ठूलो क्षतिको कुरा छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डिएसपी बमले भने।

उनका अनुसार घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको छ। प्रहरीले दिएको जानकारी अनुसार अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घट्नास्थलमा पूगन लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *