नदी (कविता)

डिसी नेपाल
२० असार २०७७ ११:४३

पहाड, खोल्सा, जङ्गल छिचोल्दै

ब्याकुल नदी, अविरल बगिरहन्छ

न घाम, नत शीत

पिडा त छ नी त्यो नदीमा पनि

फरक मात्र यति

त्यो सुकसुकाउँछ बूँद बूँद जम्मा गर्दै

म सुकसुकाउँछु बूँद बूँद झार्दै

त्यो शान्त छ, अनवरत छ

अन्तत खोज्छ त्यसले पनि सागर

मैले जस्तै अलौकिक प्रेम

समर्पणको लागि ।

 

भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *