प्रधानमन्त्री ओली शीतल निवासमा

डिसी नेपाल
२० असार २०७७ १८:२४

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री शीतल निवास गएको पुष्टि गरे।

प्रधानमन्त्री ओलीको नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद चर्किएको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा राजीनमा मागिएपछि चर्केको विवादका बीच प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए। उता पार्टीमा सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरिएको छ।

पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग परामर्श गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। यही असाढ १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटीबो बैठकपछि प्रधानमन्त्री ओलीले आधा दर्जन पटक राष्ट्रपतिसँग भेट गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *