काँग्रेसलाई देखाएर एक अर्कालाई तर्साउँदै नेकपा भित्रका गुट!
फाइल तस्विर
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुट विवादमा एक अर्कालाई तर्साउने धन्दा लाग्नु मतादेशको अवमुल्यन हुनु हो भनेका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया शेयर गर्दै नेता थापाले काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षीका रुपमा बस्न जनादेश मिलेकोसमेत बताएका छन्। उनले भनेका छन्, ‘जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन। यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’
सत्तारुढ दल भित्रको विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले काँग्रेस सभापतिलाई भेटेका थिए। यो भेटमा प्रधानमन्त्रीले काँग्रेससँग सहयोग मागेको चर्चा भए पनि काँग्रेसले भेटमा संवैधानिक परिषद, नागरिकता विधेयकलगायतका विषयमामात्र कुरा भएको सरकारबारे कुरा नभएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment