बार्सिलोनाको अर्को जितसंगै उपाधि जित्ने सम्भावना जिवितै

डिसी नेपाल
२२ असार २०७७ ११:४८

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दावेदारी गरिरहेको लियोनल मेस्सीको क्लव बार्सिलोनाले अर्को जित दर्ता गर्दै लिग लिडर बन्ने सम्भावनालाई जिवितै राखेको छ ।

भिलार रियाल विरुद्ध ४–१ गोल अन्तरले जित दर्ता गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियाल मड्रीडसँगको अंक दूरी केहि घटाएको छ । जितसँगै बार्सिलोनाको ७३ अंक भएको छ । तर उपाधि जित्ने लयमा रहेको रियाल मड्रिडले बार्सिलोनासँग ४ अंकको स्पष्ट अग्रता बनाएको छ ।

हिजो भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै रियलले महत्वपूर्ण तीन अंक मात्रै जोडेन लिग विजेता बन्ने रफ्तार अझ अघि बढायो । लिगमा अब चार खेल हुन बाँकी छ । यदी रियालले अब बाँकी मध्ये तीन खेलमा जित दर्ता गराएमा सन् २०१२ पछि पहिलोपटक लिग उपाधि उचाल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *