प्रधानमन्त्री ओली र प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकियो

डिसी नेपाल
२२ असार २०७७ १२:०७

काठमाडौं। सोमबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक स्थगित गरेर छलफलमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तापछि प्रचण्ड बाहिरिएका छन्। दुई अध्यक्षबीचमात्रै वार्ता भएका कारण के सहमति भयो भन्ने विषय सार्वजनिक भएको छैन।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड १० बजे बालुवाटार पुगेका थिए। आइतबार सहयोगीसहित वार्ता गरेका ओली र प्रचण्डबीच सोमबार भने एक्ला एक्लै वार्ता भएको थियो।

आइतबार पनि प्रधानमन्त्री ओली र दाहालबीच लामो छलफल भएको थियो। उक्त छलफल सकारात्मक भएपछि विवाद समाधानमा लागि ओली पक्षका दुई र दाहाल पक्षधरका दुई जना सम्मितल कार्यदल बनाइएको थियो।

प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्म जयन्तीको अवसरमा आफूलाई भारतले हटाउन खाजेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झन उत्कर्षमा पुगेको छ।

दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने दबाव दिइरहेका छन् भने प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *