‘अनहोनीलाई होनी’ बनाउने धोनी (जन्मदिन विशेष)

डिसी नेपाल
२३ असार २०७७ १८:२९

काठमाडौं । महेन्द्र सिंह धोनी भारतीय क्रिकेट मा एक नाम जसलाई शताब्दीले सम्झिरहने छ। धोनीले भारतीय टीमका लागि खेलेको १६ बर्ष भयो र यस समयमा उनले चाहेको सबै कुरा प्राप्त गरे जुन विश्वका सबै क्रिकेटरहरू हासिल गर्न चाहन्छन। धोनीले आफ्नो खेल र कप्तानत्वको क्रममा एक यस्तो उदाहरण प्रस्तुत गरेका छन् जसकारण आज विश्वका सर्वश्रेष्ठ दिग्गज क्रिकेटरहरूले बिभिन्न समयमा उनका उदाहरण प्रस्तुत गर्छन । धोनी भारतको सबैभन्दा सफल कप्तान मध्ये एक हुन । उनको कप्तानीमा भारतले सन २००७ को टि–२० वर्ल्ड कप, २०११ को ओडीआई विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी लगायतका सबै ठूला आईसीसी उपाधि जितेको छ। यस बाहेक धोनीले आईपीएलमा चेन्नई सुपरकिङसलाई तीन पटक इन्डियन प्रिमियर लिगमा उपाधि पनि जिताएका छन्।

धोनीले आज आफ्नो ३९ औं जन्मदिन मनाइरहेका छन्। धोनीको जन्म सन १९८१ जुलाई ७ मा भारतको झारखण्डको राँची शहरमा भएको थियो। यद्यपि उनका माता–पिताको सम्बन्ध उत्तराखण्डसँग रहेको छ, धोनीको सम्पूर्ण बाल्यकाल राँचीमा बित्यो।

स्कूले जिवनमा धोनी क्रिकेटको सट्टा फुटबल खेल्थे र गोलकिपर थिए। धोनी खेलकुदमा निकै राम्रो थिए, यसैले स्कूलको क्रिकेट कोचको आँखामा उनी परे र टोलीको विकेटकीपरको रूपमा चयन भए। हेर्दाहर्दै धोनीले क्रिकेटमा प्रभुत्व पाएपछि स्थानीय क्रिकेट प्रतियोगिताहरूमा उनले ख्याती कमाए। त्यसपछि धोनीलाई सन १९९७–९८ सिजनको लागी विनू मकन्द ट्रफी अण्डर १६ मा चयन गरियो ।

एकतर्फ धोनी क्रिकेटमा जम्दै गएका थिए भने अर्कोतर्फ परिवारले उनको अध्ययन र जागिर बारे चिन्ता गर्न थाले। यस्तो अवस्थामा धोनीले खेलमा आफ्नो ध्यान दिन पाईरहेका थिएनन, तरपनि उनले समस्याको समाधानको उपाय लगाए। उनले खेलकोटाबाट खड्गपुर रेलवे डिभिजनमा टीटीको जागिर पाए। अब धोनी काम संगै क्रिकेट खेल्न सक्थे तर त्याहाँ पनि उनी काम पछि अभ्यासमा धेरै समय दिन पाईरहेका थिएनन ।

यस्तो अवस्थामा उनले जागिर वा क्रिकेट मध्ये एक छनौटको विकल्प आयो र धोनीले क्रिकेट छनौट गरे। जागिर छोडेपछि उनले देवधर ट्रफी र बिहारका लागि केही प्रथम श्रेणी र लिस्ट ए खेल खेले। सन २००० मा दुई राज्य बिभाजन भएपछि उनले झारखण्डका लागि क्रिकेट खेल्न शुरू गरे। घरेलु खेलसँगै धोनीले भारत ए को लागि पनि खेल्ने अवसर पाए, जाहा उनी तत्कालीन टिमका कप्तान सौरभ गांगुलीको आँखामा परे र सन २००४ मा उनले पहिलो पटक राष्ट्रिय टिममा खेल्ने अवसर पाए।

सन २००४ डिसेम्बर २३ का दिन धोनीले बङलादेश बिरूद्ध भारतको लागी डेब्यू गरे। भारतीय टिममा त्यस समयमा सचिन तेन्दुल्कर, वीरेन्द्र सहवाग, राहुल द्रविड र युवराज सिंह जस्ता स्टार खेलाडीहरु थिए। राँची जस्तो सानो शहरबाट धोनीले धेरै मेहनत गरेपछि भारतीय टिममा पर्न सक्षम भए, तर उनको डेब्यू खेल आशा गरेको जस्तो भएन । यस खेलमा धोनीलाई सातौं नम्बरमा ब्याटिङ गर्ने मौका मिल्यो तर पहिलो बलमै उनी रन आउट भए। कुनैपनी क्रिकेटर डेब्यू खेलमा शून्यमै आउट हुन चाहन्न। तर उनी आउट भएपछि अनुहारमा मलिलो मुस्कानका साथ ड्रेसिंग रूममा फर्किए ।

अब पालोआयो विकेटकिपिङ गर्ने तर दुर्भाग्यवश यस खेलमा बङलादेशका कुनैपनि खेलाडी विकेट पछाडि आउट भएन। यसप्रकार, धोनी ब्याटिङ र विकेटकिपिङको कारण पहिलो खेलमै निराश भए। यद्यपि धोनीले सिरीजका बाँकी खेलहरू पनि खेल्ने मौका पाए, जसमा उनले ७ र ३ रन मात्र बनाए।

त्यसपछि सन २००५ मा पाकिस्तान क्रिकेट टोलीले ६ एकदिवसीय श्रृंखलाको लागि भारतको भ्रमण गर्यो। श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले भारतीय टोलीलाई पराजित गर्यो। त्यसबेला धोनी पनि भारतीय टिममा थिए। शृंखलाको दोस्रो खेल विशाखापट्टनममा भयो। दोस्रो खेलमा भारतीय टिमले ब्याटिङ क्रम परिवर्तन गर्यो र धोनीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइयो। त्यस दिन धोनीले आफ्नो वास्तविक रंग देखाए र पाकिस्तान बिरूद्धको खेलमा उनले १२३ बलमा १४८ रनको आक्रमक इनिङ खेले। यस इनिङको दौरान उनले १५ चौका ४ छक्का पनि प्रहार गरे। त्यसपछि धोनीले पछाडि फर्केर हेरेनन र विकेटकिपर तथा ब्याट्सम्यानको रूपमा टोलीका महत्वपूर्ण सदस्य बनेर खेलिरहे ।

सन २००७ मा वेस्टइन्डिजमा सीमित ओभरको विश्वकप क्रिकेटको आयोजना गरिएको थियो। तर यो विश्वकप भारतीय टिमको लागि कालो अध्याय साबित भयो। बंगलादेश जस्तो टोलीसँग पराजित भएपछि स्टार खेलाडीहरुले भरिएको भारतीय टोलिको यात्रा लिग चरणमै समाप्त भयो। यसै वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक टि २० विश्वकप आयोजना गरिएको थियो। तत्काल समयमा क्रिकेटको लागी यो नयाँ ढाँचा थियो। यस्तो अवस्थामा बीसीसीआईले यस प्रतियोगितामा सहभागीता लागि नयाँ तथा युवाहरुको टोली पठायो र सिनियर खेलाडीहरुलाई आराम दिइयो।

टि २० विश्वकपका लागि टिमको कप्तानका रुपमा धोनी चयन भए। भनिन्छ त्यो समयमा टिम ब्यवस्थापनको निर्णयपछि धेरै ठूला खेलाडीहरु दुखी थिए, तर तिनीहरूले सबैको अगाडि आफ्नो कुरा राख्न सकेनन। यसैबीच टि २० विश्वकपमा धोनीको नेतृत्वमा रहेको टोलीले एक पछि अर्को खेलमा सफलता हातपार्दै फाइनलमा प्रवेश गर्यो। फाईनलमा भारतको प्रतिस्पर्धा पाकिस्तानसँग थियो। कम स्कोरिङ फाइनलमा भारतले रोमाञ्चक जीत दर्ता गर्दै टी २० विश्वकपको उपाधि जित्यो।

टि २० विश्वकपको उपाधि संगै धोनीको नाम भारत सहित सम्पूर्ण विश्वमा गूँजियो। टि २० विश्वकप पछि धोनीले एकदिवसीय टोलीको कमान पनि पाए। यसैबीच सौरव गौगुली र राहुल द्रविड जस्ता दिग्गज क्रिकेटहरुले एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए। सन २०११ को एकदिवसीय विश्वकप भारतमा आयोजना भएको थियो। घरेलु मैदानमा विश्वकपको उपाधि जित्नु भारतका लागि राम्रो अवसर थियो।

सन २००७ को विश्वकपदेखिनै धोनीले आफू राम्रो नेतृत्वकर्ता भएको प्रमाणित गरिसकेका थिए। अब उनले आफ्नो कप्तानीको कौशलता देखाउँदै एकदिवसीय विश्वकप जित्ने मौका थियो। यो विश्वकप भारतका लागि बिभिन्न कारणले विशेष थियो। टोलीका खेलाडीहरूले २०११ को विश्वकप ट्रफी देशको लागि मात्र नभएर क्रिकेटका भगवान मानिएका माहान् खेलाडी सचिन तेन्दुलकरका लागी पनि जित्न चाहन्थे।

धोनीको चतुर कप्तानी र टिमको अतुलनीय प्रदर्शनले करिब २८ बर्षपछि भारतले फाइनलमा श्रीलंकालाई पराजित गर्दे दोस्रो पटक विश्व कपको उपाधि जित्यो र धोनीले आफुभन्दा राम्रो कप्तान अरू छैन भन्ने प्रमाणित पनि गरे ।

यी दुई वल्र्ड कप जितेपछि धोनीले सन २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी लगायत उनको कप्तानीमा भारतका लागि अरु धेरै ट्रफीहरु जितेका थिए। यस प्रकार धोनी भारतका एक मात्र यस्ता कप्तान बने जसको कप्तानीमा भारतले सबै ठूला आईसीसी उपाधिहरु जितेको थियो ।

धोनीको कप्तानीमा टि २० विश्वकप जितेको एक बर्षपछि इण्डियन प्रिमियर लिग भारतमा सुरु भयो। यस लिगमा चेन्नई सुपर किङस टोलीले धोनीलाई किनेको थियो र भनिन्छ धोनी पहिलो सिजनको आईपीएलमा सबैभन्दा महँगो खेलाडीहरू मध्ये एक थिए। धोनी सिएसकेका कप्तान नियुक्त भए र लिगको तेस्रो सत्र २०१० मा टिम च्याम्पियन बन्न पुग्यो। धोनीले सिएसके च्याम्पियन बन्नमा महत्वपूर्ण भूमिका खेले। उनले आफ्नो कप्तानीमा लिगमा फ्रेन्चाइजी टिमलाई सबैभन्दा बलियो टिम बनाए। यही कारणले गर्दा २०११ मा लगातार दोस्रो पटक सिएसकेले उपाधिमाथी कब्जा गर्यो।

यसैबीच टिम धेरै पटक फाइनल पुग्यो तर विजेता बन्न सकेन । २०१६ को सिजनमा स्पट फिक्सिङको कारण टिमलाई खेल्न प्रतिबन्ध लगाइएको थियो। लिगको विजेता टिमलाई यस प्रकारको आरोप लाग्नु भारतीय क्रिकेटको लागि कुनै हलचल भन्दा कम थिएन। यसैबिच धोनीमाथि पनि औंला उठाईयो तर उनको विरुद्ध कुनै आरोप प्रमाणित भएन। यद्यपि यस विवादले धोनीलाई धेरै चोट पुर्‍याएको थियो।

सन २०१८ मा सिएसके लिगमा फर्कियो र धोनीको कप्तानीमा रहेको टिमले पुन आईपीएलको उपाधि जित्दै तेस्रो पटक च्याम्पियन बन्यो। यसबिच उनले पुणे राइजिङ सुपरजियन्ट्स का लागी दुई सिजन खेले।

यसैबिच भारतीय क्रिकेटलाई उचाईमा पर्‍याउनेु धोनीको बढ्दो उमेरसँगै उनको खेलमा पनि गिरावट आएको छ। धेरै पटक आलोचकहरूले धोनीसँग पहिले जस्तो खेल समाप्त गर्ने क्षमता नरहेको र अब उनले अवकाश लिनुपर्ने बताउछन ।

धोनीले पछिल्लो पटक गतवर्ष इङल्यान्डमा भएको वर्ल्डकपमा देखा परेका थिए। भारत यो प्रतियोगिताको सेमीफाइनलमा पराजित भयो। जसकारण धोनी पनि धेरै दुखी भएका थिए ।

इङल्यान्डबाट फर्केपछि धोनीले क्रिकेटबाट बिदा लिने घोषणा गरे। यसैबीच उनको सन्यासको बारेमा अटकल बाजिहरु भयो, तर उनी आफैंले यस बारेमा कहिले बोलेनन। धोनी यस बर्षको टि २० विश्वकप खेल्न चाहन्छन, तर कोरोना भाइरस महामारीको कारण प्रतियोगिता अहिले सम्म अनिश्चित छ। उही समयमा धोनी आईपीएलमा पनि खेल्ने तय थियो, तर महामारीको कारण आईपीएल पनि अनिश्चित छ । यस्तो अवस्थामा धोनीका लाखौं फ्यानहरूले आफ्नो मनपर्ने माहीलाई एक पटकबाट क्रिकेट स्टेडियम वा टिभी स्क्रिनबाट उनी खेलेको हेर्न चाहन्छन।

धोनीले भारतको लागि अहिलेसम्म ९० टेस्ट, ३५० ओडीआई र ९८ टि २० खेल खेलेका छन। टेस्ट क्रिकेटमा उनले ४,८७६ रन बनाए जसमा ३३ अर्धशतक र ६ शतक रहेको छ। एकैसाथ एकदिवसीयमा उनले ७३ अर्धशतक र १० शतक प्रहार गर्ने क्रममा १०,७३३ रन बनाए भने टि २० मा धोनीले १६१७ रन बनाएका छन ।

(ऐजेन्सीको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *