ईपीएलमा चेल्सी तेस्रो स्थानमा, आर्सनलले लिस्टरलाई बराबरीमा रोक्यो

डिसी नेपाल
२४ असार २०७७ १२:०२

काठमाडौं । कर्ट जौमाको अन्तिम मिनेटको डिफेन्समा चेल्सीले ईङलिश प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । यो संगै चेल्सी अंकतालिकामा तेस्रो स्थान बनाउदै च्याम्पियन लिगमा आफ्नो स्थान बनाउने सम्भावना पनि बढाएको छ। दोस्रो हाफको ईन्जुरी समयमा क्रिश्चियन बेनेटले गोल गर्न खोज्दा जौमाले उनको प्रयासलाई विफल बनाए।

खेलको २७ औं मिनेटमा चेल्सीले ओलिभर गिरोद र क्रिस्टियन पुलिश्चको गोलमा २–० को अग्रता बनायो। विल्फ्रेड जहाले खेलको ३४ औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा ल्याउदा टेम्मी अब्राहमले खेलको ७१ औं मिनेटमा गोल गर्दै फेरि चेल्सीलाई तीन गोलको अग्रता दिलाए।

आर्सनल र लिस्टर बिचको खेलमा खेल सुरुभएको एक मिनेटमै लिस्टरका बेनेटले गोल गर्दै खेल रोमाञ्चक बनाए। नौ मिनेट पछि लिस्टर सिटीका लागि जेमी वार्डीले गोल गर्दै स्कोर १–१ बराबरी गरे। यो संगै आर्सनलको शीर्ष पाँचमा पर्ने सम्भावनालाई झटका लागेको छ। यो परिणामको साथ चेल्सी तेस्रो स्थानमा उक्लेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *