बार्सिलोना क्लबको नौं हजार गोल पुरा
काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाले सबै आधिकारिक प्रतियोगिताहरुमा नौं हजार गोल पुरा गरेको छ। बार्सिलोनाले स्पेनिस लिग ला लिगामा भिलारियलको बिरूद्ध अनसु फ्यातीले खेलको ८७ औ मिनेटमा गोल गर्दै यो उपलब्धि हासिल गर्यो। बार्सिलोनाको नौं हजार गोलहरू मध्ये ६३० गोल टिमका कप्तान तथा बेलन डी ओर विजेता लियोनेल मेस्सीले गरेका छन्।
बार्सिलोनाबाट पहिलो आधिकारिक गोल सन १९०९ अप्रिलमा भएको थियो। आइतवार राती बार्सिलोनाले विलेरियलको होम ग्राउन्डमा ४–१ ले खेल जित्यो। बार्सिलोनाका लागी पाओ टोरेसले खेलको तेस्रो मिनेटमा गोल गरे। त्यस्तै सुआरेजले २० औं, ग्रिजमानले ४५ औं र अन्सू फातीले गोल गरेका थिए ।
बार्सिलोनाले ला लिगामा ६ हजार भन्दा बढी गोलहरू गरेको छ ।

स्पेनी क्लब बार्सिलोना लिग तालिकामा ७३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने रियल शिर्ष स्थानमा छ । दुबै टोलीसँग ४–४ खेल बाँकी रहेको छ। यदि रियालले आफ्ना दुई खेलहरू गुमाएमा बार्सिलोना च्याम्पियन बन्ने सम्भावना रहनेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment