प्रदेश २ कोरोना कोषमा ग्लोबल आइएमई बैँकको १० लाख सहयोग

डिसी नेपाल
२४ असार २०७७ १५:०७

जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम उपलब्ध गराउँदै आइरहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *