आज झन् बढ्यो सुनको भाउ, तोलाको कति ?

डिसी नेपाल
२४ असार २०७७ १६:०५

काठमाडौँ । आज साताको चौँथो दिन (बुधबार) नेपाली बजारमा सुन चाँदीको मूल्य झन् बढेको छ।

आज सुन तोलामा ६ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कोरोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउसँगै चाँदीको भाउ पनि थोरै बढेको छ । आज चाँदी प्रतितोला ९५५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो मंगलबार चाँदी प्रतितोला ९५० रुपैयाँमा कोरोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *