ओली–प्रचण्ड बैठक सकियो

डिसी नेपाल
२४ असार २०७७ १९:१०

काठमाडौं। सत्तारुढ दल नेकपामा विवादका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको हो। छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन।

नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद भएको हो। विवाद बढिरहेका बेला दुई अध्यक्ष पार्टीको बैठक रोकेर लगातार वार्तामा बसिरहेका छन्। तर, वार्तामा भएको प्रगतिबारे भने केही जानकारी दिइएको छैन।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार बिहान दुई अध्यक्षबीच पार्टीका स्थायी कमिटी बैठक दुई दिनका लागि सार्ने सहमति भएको र वार्ता बस्ने कुरा भएको जनाए। उनले डिसी नेपालसँग भने, ‘बिहीबार बैठक दुई दिन सार्ने विषयमा उहाँहरुबीच सहमति भएको हो।

अहिलेसम्म विवाद कसरी समाधान हुन्छ भन्ने विषयमा ठोस प्रगति भएको छैन।’ उनले अनौपचारिक कार्यदलले पनि काम गरिरहेको बताए। विवाद समाधानका लागि महासचिब विष्णु पौडेल र स्थायीक कमिटी सदस्यहरु शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सदस्य रहेको एक अनौपचारिक कार्यदल बनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *