सरिता गिरीलाई सांसदबाट हटाउने पत्र संसद सचिवालयमा

डिसी नेपाल
२४ असार २०७७ १९:२५

काठमाडौं। देशको राष्ट्रियताप्रति गम्भीर अभिव्यक्ति दिएपछि समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीको सांसद पद रिक्तका लागि समाजवादी पार्टीले बुधबार संसद सचिवालयमा पत्र दर्ता गराएको छ। सचिवलायका सचिव गोपालनाथ योगीले पत्र सचिवालयमा दर्ता भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘आज (बुधबार) पत्र आएको छ। अधिकतम १५ दिन भित्र यसको टुंगो लगाइसक्नुपर्ने कानुनी प्रावधान छ।’

नेपालको नयाँ नक्साबारे संविधान संशोधन गरिँदा गिरी त्यसविरुद्ध संसदमा विरोधको सूचनासमेत दर्ता गराएकी थिइन्। यस्तै उनले राष्ट्रियतामाथि आँच पुग्ने गरी संसदमा अभिव्यक्तिसमेत दिएकी थिइन्। संविधान संशोधनका पक्षमा उनले मतदानसमेत नगरेपछि उनको दल समाजवादी पार्टीले ह्वीप नमानेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी सांसदबाटसमेत कारबाही गरेको थियो।

यसरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराउनु पर्ने र संसदको सम्बन्धित सदनका अध्यक्ष (सभामुख वा अध्यक्ष)ले सूचना पढेर सुनाउने वा टाँसेमा सांसद पद रिक्त हुन्छ। गिरी समाजवादी पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। उनी पद मुक्त भएपछि समाजवादी पार्टीले समानुपातिक सूचीमा रहेकी अर्की उम्मेदवारलाई सांसदमा सिफारिस गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *