एसिया कप रद्द!
काठमाडौं । यो वर्षको हुने एसिया कप रद्द भएको छ। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कप रद्द भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले पुष्टि गरेका छन्।
गांगुलीले एसीसीको बैठक बस्नुभन्दा एकदिन पहिला एसिया कप रद्द भएको बताएका हुन्। बिहिबार एसियान क्रिकेट काउन्सिलको बैठक बस्नेछ। विश्वभर फैलिएको कोरोना कहरको कारण उक्त कप पनि रद्द भएको हो। कोरोनाले गर्दा यसवर्षको आइपीएल पनि अन्योलमा परेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment