सरिता प्रकरणमा बाबुरामको प्रस्टोक्ति : राष्ट्रियतामा अभिव्यक्ति स्वतन्त्रता भन्ने हुँदैन
फाइल फाेटाे
काठमाडौं। राष्ट्रियतामाथि आँच आउने गरि संसदमा अभिव्यक्ति दिएपछि समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई सांसद र पार्टीबाट कारबाही गरिएको छ।
गिरीमाथिको कारबाहीलाई केही अधिकारवादीहरुले अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताइरहेका बेला सो पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी निर्णयको बचाउ गरेका छन्।
उनले ट्वीटरमा ट्वीट गर्दै राष्ट्रियताको विषयमा अभिव्यक्ति स्वतन्त्रता नहुने बताएका छन्। उनले लेखेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक–पार्टीको कर्तव्य हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र–लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’
विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक हो।तर राष्ट्रिय-राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक/पार्टीको कर्तव्य हुन्छ।झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वत:दण्डको भागी हुन्छ।यहाँ क्षेत्र/लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।
— Baburam Bhattarai (@brb1954) July 8, 2020
गिरीलाई कारबाही गरिएको पत्र समाजवादी पार्टीले बुधबार संसद सचिवालयमा दर्ता गराइसकेको छ। नेपालले नयाँ नक्सा जारी गरेको विषयमा गिरीले नेपालको राष्ट्रियताविरुद्ध बोलेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment