टोकियो ओलम्पिक अर्को बर्ष पनि आयोजना हुनेमा आशंका

डिसी नेपाल
२६ असार २०७७ १०:०९

काठमाडौं । कोभिड–१९ महामारिका कारण यसबर्ष हुन नसकेको टोकियो ओलम्पिक २०२० अर्को अर्को बर्ष पनि आयोजना हुनेमा अझै आशंकाहरु व्यक्त भइरहेका छन् ।

टोकियो ओलम्पिकका प्रवक्ताले एक बर्ष पछि सारिएको प्रतियोगिता अब निर्धारित मितिमै गर्ने प्रतिवद्धता जनाएका छन । तर हालै त्यहाँ ओलम्पिक प्रतियोगिता आयोजना हुने संभावना बारे गरिएको एक सर्वेक्षणमा भने ७७ प्रतिशतले अर्को बर्ष पनि प्रतियोगिता हुनेका आशंका रहेको उत्तर दिएका छन् ।

सर्वेक्षणको नतिजा पछि प्रतिकरिया दिदै प्रवक्ता मासा ताकायाले अर्को बर्ष भने ओलम्पिक आयोजना गर्न जापान सरकारले काम गरिरहेको बताए ।

जापानमा हिजो एकै दिन थप २२४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत अप्रिलमा सबैभन्दा धेरै २०४ जनामा संक्रमण भेटिएकोमा हिजो भने त्यो भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ हालसम्म एक हजार जनाको मृत्यु भइसकेको छ । यसले खेलकुद लगायत ठूला प्रतियोगिता र कार्यक्रमहरुको आयोजना कसरी गर्ने भन्ने चूनौती थपेको छ । अब ओलम्पिक बारे अर्को साता स्विट्जरल्याण्डमा बस्ने अतर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.