ईङल्यान्डलाई आफ्नो पकडमा पार्दै वेस्टईन्डिजको कडा सुरुवात

डिसी नेपाल
२६ असार २०७७ ११:१४

काठमाडौं । खराब प्रकाशका कारण इङल्यान्ड र वेस्टइन्डिजको बिचको खेल बिहीबार चाँडै सकिएको छ । बिहीबारको खेल सकिदा सम्म वेस्टईन्डिजले पहिलो इनिङमा एक विकेट गुमाएर ५७ रन बनाएको छ। वेस्टईन्डिका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शाई होप अविजित ३ रन र ओपनर क्रेग ब्रेथवेट अविजित २० रनमा रहेका छन । यसअघि अर्का ओपनर जोन क्याम्पबेल २८ रन बनाउदा एन्डरसनको बलमा एलबिडब्लुको शिकार भएका थिए ।

यसअघि इङल्यान्ड पहिलो इनिङमा २०४ रनमा अल आउट भएको छ । ईङल्यान्डका ओपनर डोम शिब्ली ४ बल खेल्दा शैनन गेब्रियलको बलमा बोल्ड भएका थिए । ईङल्यान्डको पारिमा कप्तान बेन स्टोक्सले (४३), ओपनर रोरी बर्न्स (३०), विकेट किपर जोस बटलर (३५), डोम बेस अविजित (३१), जोई डेन्ली (१८), ज्याक क्राली र जेम्स एन्डरसनले समान १०–१० रन बनाएका थिए ।

वेस्टइन्डिजका जासोन होल्डरले २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर सर्वाधिक ६ तथा शैनन गेब्रियलले १५ंं.३ ओभरमा ३ मेडन सहित ६२ रन दिएर ४ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *