परिवार नै मेरो सफलताको स्रोत हो : आयशा शाक्य (भिडियो सहित)

डिसी नेपाल
२६ असार २०७७ १६:२३

काठमाडौं। नेपाली तेक्वान्दोमा गतवर्षको दक्षिण एसियाली खेलकुद (साग) बाट सबैको ओठमा झुण्डिएको नाम हो आयशा शाक्य। नेपालको लागि २ वटा स्वर्ण सहित ५ पदक जितेपछि खेलक्षेत्रमा आयशाको नामले पुनः चर्चा पाउन थाल्यो। सागमा २ छोराकी आमा शाक्यले २ स्वर्ण जितिन आखाँ भरी आशु बनाउँदे भनिन्, ‘२ वटा स्वर्ण २ भाई छोराका लागि लिएजस्तै अनुभव भएको छ।’

२०४४ साल श्रावण १२ गते पाटनमा जन्मिएकी आयशा कर्मचारी बुवा जुजुरत्न शाक्य तथा गृहिणी आमा मन्दिरा शाक्यको प्रेरणाले खेल क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउछिन। सुदेशा हाईस्कुल नख्खुबाट प्राथमिक शिक्षा हासिल गरेकी उनले भी.एस. निकेतनबाट प्लस टु तथा क्रिम्स इन्टरनेसनल कलेजबाट व्यवस्थापनमा स्नातक गरेकी छन्।

राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक विष्टसँगको सहयात्रामा आयशा शाक्य दिन प्रतिदिन सफलताका शिखरमा छन्। नेपाली खेल क्षेत्रमा विष्ट र शाक्यको जोडीका बारेमा नजान्ने कमै होलान । श्रीमान समेत रहेका दिपक विष्टसँग खेलको लागि रिङमा उभिँदा विपक्षीहरु डराउथे कारण थियो उनीहरुले आफ्नो खेल जीवनका सबै तेक्वान्दो प्रतियोगिताहरु आफ्नो पक्षमा पारेका थिए।

सुदूरपश्चिमको पाखा पखेरामा हुर्किएका दिपक विष्टसँग राजधानीको सुख सयलमा हुर्किएकी आयशाले २०६७ सालमा सहयात्रा थालिन। दुबै जना एउटै फिल्डका भएर पनि होला आफुलाई श्रीमानबाट खेलक्षेत्रको लागि उत्पे्ररणा र साथको कहिलै कमि महशुस नगरेको आयशाको अनुभव छ।

‘बिहेपछि खेलक्षेत्र छोड्छु भनेर निर्णय गरिसक्दा पनि पुनः खेल क्षेत्रमा फर्किन पाउँदा खुसिमात्र हैन भगवानले दोस्रो अवसर दिएको होकि जस्तो लागेको थियो।’ सानै उमेरदेखि जिम्न्यास्टिक खेल्न थालेकी शाक्य विगत लामो देखि तेक्वान्दोमा सक्रिय छन्। सन् २००६ मा थाइल्यान्डमा सम्पन्न प्रतिस्पर्धामा शाक्यले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएकी हुन्। श्रीलंकामा सम्पन्न दसौं सागमा रजत, बंगलादेशमा सम्पन्न एघारौं सागमा स्वर्ण उनको नाममा दर्ता भएका छन्। दोहा कतारमा भएको १५ औं एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाटै उनले कांस्य पदकमा चित्त बुझाइन्।

बुहारी भएपछि पनि खेलक्षेत्रमा फर्किनु सहिलो थिएन्। तर, फर्किएपछि जीवन सफल भएको अनुभव आयशाको छ। उनले सुनाइन्, ‘कसैको बुहारी भएर खेलक्षेत्रमा पाइला राखेको दिन नै जीवनमा सफल भएको अनुभव गरेकी थिए।’
परिवारको सहयोगमा १३औं सागमा फर्किएकी आयशाले खेलमैदान मै खुसीका अश्रुधार बगाएकी थिइन्। स्वर्ण जितेको क्षण मैदानमै उनले श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्।

छोराहरु दर्शक दिर्घाबाट आमाले खेलेको हेरीरहेका थिए। ठूलो छोरो बधाई छ भन्दा मलाई संसारको सबै भन्दा खुसी महशुस भएको थियो, उनले भनिन् ‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ। मैले गरेँ,अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्ने रहेछ।’ परिवार नै मेरो सफलताको स्रोत हो। मेरो श्रीमान र सासु ससुराले नै मलाई खेलनमा पुर्नजन्म दिनुभएको हो। विहेबारी भएपछिको खेल जीवन सोचेजस्तो हुदैकी भन्ने लाग्थ्यो तर मलाई त्यस्तो भएन’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *