जेठ दुईको सहमति कार्यान्वयन गरे नेकपाभित्रको विवाद समाधान हुन्छ : खनाल

डिसी नेपाल
३० असार २०७७ १४:१३

काठमाडौं। नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले जेठ दुई गतेको सहमति कार्यान्वयन गरे पार्टीभित्रको विवाद समाधान हुने बताएका छन्।

डिसी नेपालसँगकोे कुराकानीमा नेता खनालले जेठ दुई गतेको सहमति अनुसार चल्ने हो भने पार्टी विवाद समाधान हुने बताएका हुन्।
खनालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि मात्रै नेकपाभित्रको विवाद समाधान हुने दाबीसमेत गरे।

जेठ २ को पाँचबुँदे सहमतिको बुँदा नम्बर ४ मा समानता र सहमतिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । यस्तै सहमतिमा एकता महाधिवेशन गर्ने, सिद्धान्त, समानता र सम्मानजनक र न्यायोचित एकता गर्ने, एकता महाधिवेशन नहुँदासम्म सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा गर्ने, दुवै अध्यक्षको सहमति र हस्ताक्षरलाई मात्रै आधिकारिक मानिने उल्लेख छ ।

नेकपाको जारी विवादमा अध्यक्ष दाहाल पक्षले जेठ दुईको सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपनि प्रधानमन्त्री ओली पक्षले भने मंसिर ४ को सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेको छ।

मंसिर ४ गते दुई अध्यक्षबीच ओलीले पाँच वर्षसम्म नै सरकार चलाउने, प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने, अध्यक्षद्वयको वरीयताक्रम यथावत रहने, पार्टी र सरकार संचालन अध्यक्षद्ववयको सल्लाहमा गर्ने तथा वैठक संयुक्त अध्यक्षतामा गर्ने र आम रुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको थियो।

अहिले नेकपाभित्रको विवाद समाधान गर्न प्रचण्ड पक्षधरले जेठ दुई गतेको सहमति कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन्। उक्त सहमति अनुसार सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *