प्रधानमन्त्रीले अध्ययन र अनुसन्धानले प्रमाणित गरेको विषय मात्र बोल्नुपर्छ : वरिष्ठ नेता खनाल (भिडियो)
काठमाडौं। नेकपा वरिष्ठ नेता झलनाथ खनालले देशको प्रधानमन्त्रीले सुविचारित ढंगले अध्ययन र अनुसन्धानद्वारा प्रमाणित विषय मात्र बोल्नुपर्ने बताएका छन्। प्रधानमन्त्री जस्तो व्यक्तिले अन्टसन्ट कुरा गर्न नसुहाउने उनले बताए।
भानु जयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतीय होइनन् र अयोध्या नेपालमा छ भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्रीले सुविचारित ढंगले र अध्ययन र अनुसन्धानले प्रमाणित गरेको विषय मात्र बोल्ने हो,’ खनालले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीले यो विना प्रमाण बोलेको कुरा हो। यो कुनै अध्ययन अनुसन्धानबाट प्रमाणित भएको विषय होइन। उहाँ कहिले बेसारका कुरा गर्नुहुन्छ, अहिले अदुवाको कुरा गर्नुहुन्छ। प्रधानमन्त्री जस्तो मानिसले जे पायो त्यही बोल्नु हुँदैन।’
नेता खनालले कुनै पनि नेताले आफ्नो विशेषज्ञतामा आधारित भएर अभिव्यक्ति दिनु पर्ने र जे पायो त्यही बोल्न नहुने उल्लेख गरे। उनले छिमेकीसँग तनाव बढाउने गरी प्रधानमन्त्रीले दिने अभिव्यक्ति आपत्तिजनक हुने उनको भनाइ थियो।
वरिष्ठ नेता खनालसँग डिसी नेपालका लागि यशाेदा तिम्सिनाले गरेकाे भिडियाे संवाद
No ads found for this position

डिसी नेपाल
Facebook Comment