विप्लव समूहका सेती महाकाली ब्युरो इञ्चार्ज धनगढीबाट पक्राउ
नेत्रविक्रम चन्द विप्लव।
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव समूहका नेता एवं सेती महाकाली ब्युरो इञ्चार्ज ओम प्रकाश पुन कैलालीको धनगढीबाट पक्राउ परेका छन्। बुधबार विहान उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको खोजी सूचीमा रहेका उनलाई धनगढीमा पार्टीको आन्तरिक कामले गएका बेला पक्राउ परेको स्रोतले जनाएको छ। प्रहरीको विशेष व्यूरोको सहयोगमा उनलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।
मंगलबार मात्रै प्रहरीले मंगलबार मोरङको उर्लाबारीबाट सो समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले बोहरालाई एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ गरेको जनाएको छ। तर पुन बारे भने प्रहरी मौन रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment