१४ वर्षकी किशोरीलाई च्याटबाट फसाए, यौन सम्बन्धका लागि भेट्न बोलाए तर…

डिसी नेपाल
१ साउन २०७७ १२:०९
452
Shares

काठमाडौं। १४ वर्षकी किशोरीलाई च्याटबाट फसाएर यौन सम्बन्ध राख्ने प्रयास गर्ने एक व्यक्ति जेल पुगेका छन् । अमेरिकाको इडाहो राज्यको पोकाटेलोका ती व्यक्ति यौन सम्बन्धका लागि किशोरीलाई भेट्न पुगेका थिए तर उनीसँग च्याट गर्ने किशोरी नभइ एक वयस्क पुरुष थिए जसको हातमा क्यामेरा थियो । बाल यौनशोषणविरुद्ध काम गर्ने इडाहोको एक संस्थाले फेसबुकमा यो भिडियो पोस्ट गरेको छ ।

२६ वर्षका डेस्मण्ड शे बोर्जुमोस्कीलाई मंगलबार साँझ पोकाटेलो पुलिसले पक्राउ गरेको हो । भिडियो रेकर्ड गर्ने व्यक्तिले सुरक्षाको कारण देखाउँदै आफ्नो पहिचान नखुलाइदिन आग्रह गरेका छन् । भिडियो रेकर्ड गर्ने व्यक्तिले इस्ट इडाहो न्यूजसँग कुरा गर्दै घटनाबारे बताएका छन् । जोसेफ (काल्पनिक नाम) ले क्रिस ह्यान्सेनको भिडियोबाट आफूले यतो आइडिया पाएको बताएका छन् । ह्यान्सेन एनबीसी न्यूजका पत्रकार हुन् जसले ‘टु क्याच अ प्रिडेटर’ नामको लोकप्रिय कार्यक्रम चलाउँथे जसमा यौन लाभ लिनको लागि खोजीमा रहने व्यक्तिहरुलाई क्यामेराको सामना गराइन्थ्यो ।

जोसेफले आइडियापाएपछि ह्विस्पर डाउनलोड गरे र १३ देखि १४ वर्ष उमेरकी एक किशोरीको रुपमा पोस्ट गरे । ‘केही मिनेटमै १५ देखि २० जनाले म्यासेज गर्न थाले’ जोसेफले इस्ट इडाहो न्यूजसँग भने ‘एक घण्टाभित्रै एक व्यक्तिले भेट्न चाहेको भन्न थाल्यो ।’ भिडियोमा जोसेफले किशोरीको रुपमा कुरा गर्दै गर्दाको च्याट पनि सार्वजनिक गरिएको छ जहाँ केही समयमै ब्रोजिमोस्कीले ‘रमाइलो गर्ने चाहना छ ?’ भनेर सोधेका छन् ।

ब्रोजिमोस्कीले ‘पब्लिक फन’ अर्थात कसैले देख्न सक्ने खतराका बीच सार्वजनिक ठाउँमा यौन सम्बन्ध राख्न चाहेको बताएका थिए । पहिले जोसेफको कुनै योजना नभए पनि यति भइसकेपछि भने उनले ब्राजिमोस्कीलाई पोकाटेलोको अपर सिटी क्रिक ट्रेलमा बोलाए । जोसेफ त्यहाँ पुग्दा ब्रोजिमोस्की त्यहाँ बसिरहेका थिए । त्यहाँ ब्रोजमोस्कीको भिडियो रेकर्ड गरेपछि जोसेफ प्रमाणसहित पुलिसकहाँ गएका थिए ।

दुईको च्याट हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *