आसाममा बाढीबाट ६८ को मृत्यु, ४८ लाखभन्दा बढी प्रभावित

डिसी नेपाल
१ साउन २०७७ १७:२६
4
Shares

नयाँ दिल्ली । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मृत्यु हुनेको संख्या ६८ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४८ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।

बाढी आउने क्रम जारी रहेको समाचारमा उल्लेख छ । गएको मंगलबारदेखि अविरल रुपमा पानी परिरहेको र बुधबार रातिसम्म ती व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ ।

आसामका मात्र ३० जिल्ला बाढीबाट प्रभावित भएका छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारी वर्षासँगै आएको बाढीमा परी आसाममा मात्रै लाखौँ मानिस घरबार बिहिन भएका छन् ।

ब्रह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । त्यस राज्यमा ४२६ ओटा उद्धार शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ ।

ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *